MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? घटी वा बढी सुते गम्भिर असर पर्नसक्ने

August 24, 2021
स्वास्थ्य
0
कुन उमेरका मानिस कति घण्टा सुत्ने ? घटी वा बढी सुते गम्भिर असर पर्नसक्ने
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको लागि निद्राको आवश्यक मात्रा उमेर अनुसार फरक हुन्छ। तपाईंको राम्रो स्वास्थ्यको लागि कति निद्रा आवश्यक छ भनेर जान्नुहोस् :

सामान्यतया, यदि तपाइँ ५ घण्टा भन्दा कम सुत्न पाउँछन्, यसले तपाईको  मस्तिष्कको कार्यक्षेत्रमा नकारात्मक असर पार्दछ। आवश्यकता भन्दा बढी सुत्दा पनि यस्तो समस्या आउन सक्छ ।

अनुसन्धानका अनुसार, निन्द्राको मात्रा सबै उमेरका व्यक्तिमा फरक हुन्छ।

नवजात शिशुदेखि ३ महिना उमेर समूह : नवजात शिशु अवस्थादेखि ३ महिना उमेरको बच्चालाई निन्द्राको आवश्यकता सामान्यभन्दा करिब दुईगुणा बढी रहेको हुन्छ ।

यी बच्चाहरूलाई हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक हुन्छ, जसमध्ये कम्तिमा ११ देखि १७ घण्टा निदाउन महत्त्वपूर्ण छ। तर १९ घण्टाभन्दा बढी निदाउनु पनि बच्चाको दिमागको विकासलाई बाधा पुग्न सक्छ ।

४ महिनादेखि १ बर्ष उमेर समूह : ४ महिनादेखि १ बर्षसम्मका उमेरका बच्चालाई १२ देखि १५ घण्टा वा कम्तिमा १० घण्टा  निदाउनु आवश्यक हुन्छ ।

यस्तै, १८ घण्टाभन्दा बढी निन्द्रा तिनीहरूको लागि खतरनाक हुनसक्छ।

१ देखि २ बर्ष उमेर समूह : १ देखि २ बर्षसम्मका बच्चाको लागि ११ देखि १४ घण्टा निदाउनु राम्रो मानिन्छ । यसभन्दा बढी वा कम निदाउनु यी उमेर समूहका बच्चाहरुको लागि लाभदायी हुँदैन ।

३ बषैदेखि ५ बर्ष उमेर समूह : ३ देखि ५ बर्षसम्मका बालबालिकादेखि १० देखि १३ घण्टाको निन्द्रा राम्रो मानिन्छ । यसैगरी ८ घण्टाभन्दा कम वा १४ घण्टाभन्दा बढी निदाउनु उनीहरुका लागि हानिकारक हुनसक्छ ।

६ देखि १३ बर्ष समूह : ६ देखि १३ बर्ष उमेर समूहका बच्चाहरुको लागि ९ देखि ११ घण्टाको निन्द्रा राम्रो मानिन्छ । उनीहरुका लागि ७ घण्टाभन्दा कम वा ११ घण्टाभन्दा बढी निदाउनु उनीहहरुका लागि हानिकारक हुन्छ ।

१४ देखि १७ बर्ष समूह : १४ बर्षदेखि १७ बर्ष उमेर समूहका लागि ८ देखि १० घण्टाको निन्द्रा राम्रो मानिन्छ ।

१८ देखि २५ बर्ष समूह : १८ देखि २५ बर्ष समूहका लागि ७ देखि ९ घण्टा सुत्नु फाइदाजनक रहेको छ । तर यसभन्दा घटी वा बढी भने हानिकारक हुनजान्छ ।

२६ देखि ६४ बर्ष समूह : २६ बर्ष देखि ६४ वर्ष उमेरका मानिसहरूलाई पनि ७ देखि ९ घण्टा निद्रा आवश्यक छ । यसले मानसिक स्वास्थ्यका साथै कार्यक्षमता पनि प्रभावकारी बनाउन सहयोग गर्दाछ ।

६४ बर्ष उमेर समुहभन्दा माथि : ६४ बर्ष उमेर समूहका मानिसहरुका लागि ७ देखि ८ घण्टाको निन्द्रा राम्रो मानिन्छ । बढ्दो उमेरका साथ, निद्रा आवश्यकता पनि घट्दै जान्छ । तर यस उमेरमा ५ घण्टाभन्दा कम निदाउनु वा ९ घण्टाभन्दा बढी निदाउनु पनि स्वास्थ्यका लागि हानिकार मानिन्छ ।

यसको अलवा कम वा धेरै सुत्दा यसको सम्बन्ध तपाईंको स्वास्थ्यमा पर्दछ । यसले रक्तचाप, मस्तिष्कको कार्यक्षमता, शारीरिक उर्जामा कमि, चिडेचिडेपन, तनाव, मानसिक समस्या, टाउको दुख्नु, सुगर, मोटोपन र मुटुरोग जस्ता समस्या सिर्जना हुनसक्छ । यसकारण उमेरसमूह अनुसार निश्चित समयसम्म निदाउनु आवश्यक हुन्छ ।

ShareTweetPin

सम्बन्धित लेखहरू

माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं
अन्तराष्ट्रिय

माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In